जनकपुरधाम- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बाढी पहिरोमा फसेकाहरुको उद्धारमा खटिन तीनै तहका सरकारलाई परिचालित हुन समेत निधिले ध्यानाकर्षण गराएका छन् ।
‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु’, निधिले बक्तव्यमा लेखेका छन् ।
उनले अविरल वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।




