महोत्तरी। निरन्तरको अविरल बर्षाका कारण भित्राउन लागेको धानबालीमा क्षति पुगेको भन्दै किसानलाइ तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरत सिंह भणडारीले सरकारसँग माग गरेका छन् ।
केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण महोत्तरी,धनुषा र प्रदेश २ लगायत देश भरिका बिभिन्न जिल्लाहरुमा पाकेर भित्र्याउनका लागि तयार भएको धान बाली चुर्लुम्म खेतमै डुब्दा नष्ट भएको छ।
ऋणधन गरेर खेती गर्ने किसानको मुख्य बालीको रूपमा रहेको धान वाली नष्ट हुँदा हजारौ किसानहरु मर्कामा परेको प्रति ध्यानाकर्षण भएको हो ।
किसानको हरेक समस्यामा जोडदार रूपमा सशक्त आवाज उठाउँदै आएका लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरत सिंह भणडारीले बिहिवार शिरीष न्युज संगको कुराकानी मार्फत उनले भनेका छन् ‘भित्र्याउने बेलाको अन्नवाली केही दिन देखिको अविरल बर्षाको कारण डुबानमा परेको छ ।
कृषक लाइ यो भन्दा बढी पिडा के हुन सक्ला र आफु मात्र होइन उत्पादन गरेर अरुलाइ पनि खुवाउने कृषक माथीको यो पिडा लाइ तत्काल राहत हुने गरि आवश्यक उद्वार, राहात र क्षतिपूर्ति को तत्काल व्यावस्था गर्न नेपाल सरकार तथा प्रदेश सरकार सग माग गर्दछु’ भन्दै सरकारको ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरत सिंह भणडारीले माग गरेका हुन ।