सर्लाही। सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ।
गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह-सचिव बाबुराम खतिवडालाई पठाएको छ। सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारीले तास खेलेको भिडियो बाहिरिएपछि उनीहरुलाई सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए।
आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थियो।प्रहरी प्रधान कार्यालयले रठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ । सशस्त्र प्रहरीको सर्लाही स्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाइएको छ।-रातोपाटी