वीरगंज- पर्सा प्रहरीले आफनो इमान बेचेर काम गरे पछि एक युवा निर्दोष भएर पनि जेल बस्न बाध्य भएको एउटा घटना प्रकाशमा अएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने रामनरेश प्रसाद सोनार उर्फ बच्चा सोनारकी छोरी रानी (नाम परिवर्तन गरिएको ) त्यहि बस्ने केटा राज बिक्रम शाहसँग प्रेम संबन्ध गाँसेकी थिइन ।
बच्चा सोनारलाई यो प्रसंग थाहा भएपछि असोज २ गते बिहानै राज सहित उसको साथीहरु मेरो घरमा पसेर मेरो घरमा चोरी गरेको हल्ला फिजाए र रानीघाट प्रहरी चौकीलाई खबर गरी बिहानै प्रहरीलाई बोलाई राजलाई पक्राउ गर्न लगाए, त्यसपछि राजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगियो ।
असोज ३ गते संबिधान दिवसको दिन आईतबार जिल्ला प्रहरी कार्यालय पर्साको प्राँगनमा सुन चाँदी ब्यवासायी संघका केन्द्रीय उपाध्यक्ष शिव कुमार सरार्फ र नेपाल सोनार समाज पर्साका सचिव प्रवेश सरार्फ र अभियुक्त राज बिक्रम शाहको बुवा जलेश्वर साह सरार्फ समेतको रोहवरमा छलफल भयो ।
त्यस दरम्यान बच्चा सोनारले आफुलाई अैषधि खाने समय भयो म औषधि खाएर आउनेछु भनि घर गएर मोबाईल अफ गरे र सम्पर्कमा न आएको जलेश्वर सराफको भनाई रहेको छ । भेलि पल्ट सोमबार प्रहरीसंगको मिलोमतोमा जबरजस्ती करणीको मुदामा मुदा चलाई मेरो छोरालाई अहिले पुर्पक्षमा जेल पठाएकोमा जलेश्वर सरार्फको परिवारमाथि अहिले बज्रपात भएको छ ।
[caption id="attachment_6552" align="alignnone" width="1068"] मेडिकल रिपोर्टले पनि बलात्कार नभएको पुष्टि गर्छ ।[/caption]मोटर साईकल दुर्घटनामा परी मानसिक अवश्था अलि ठिक न भएको र आफनो छोराको उपचार चलिरहेको र यस्तो अवस्थामा आफ्नो छोरामाथि जाल झेल षडयन्त्र गरी फसाएकोले सर्राफ परीवार लाई थप पीडा परेको छ ।
बच्चा सोनारले घटनाको दिन जलेश्वर सर्राफसंग घटनाको दिन पहिलो पल्ट फोनमा कुरा गर्दा तिम्रो छोराले मेरो घरमा चोरी गरेको भनेका थिए । बच्चा सोनारले आफनो एक मात्र छोरी रानि (नाम परिवर्तण) लाई अत्याधिक यातना दिने गरेकोले उनको छोरी पटक पटक भागेर आफनो घरमा आउनेगरेको जलेश्वरले बताए ।
कयौं दिनसम्म छोरी माईती नेपालको आश्रय स्थलमा समेत बसेकी थीइन । बच्चा साह सोनार भारतीय नागरीक हुन नेपालमा रामनरेश प्रसादको नामले बस्ने गरेका छन र झुटो बिवरण पेश गरी नेपाली नागरीकता समेत लि सकेका छन् ।