
जनकपुर - बलिउडका चर्चित गायक कुमार सानु जनकपुर आउने भएका छन्। सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि उनी जनकपुर आउन लागेका हुन्।
कुमार सानुले मैथिली भाषामा एक भिडियो सन्देश जारी गर्दै आफू जनकपुर आउन लागेको बताएका छन्।
‘जनकपुर प्रणाम। जनकपुरवासी सम्पूर्णकेँ हम कुमार सानु आहाँक अप्पन गाम जनकपुरधाममे आबि रहल छी। हमर एहि गीत संगीत यात्रामा अपनेसभ सहयोगी बनु,’ भिडियो सन्देशमा उनले भनेका छन्।
ब्लुवर्ड इन्टरटेनमेन्ट एचडीले कात्तिक २७ गते आयोजना गर्न लागेको स्टेज शोमा कुमार सानु जनकपुर आउन लागेका हुन्।
https://www.facebook.com/104607344773010/videos/1287180195029382
मुजेलियास्थित राजदरबार होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतका चर्चित गायक कुमार सानुको एकल प्रस्तुति रहने आयोजकले जनाएको छ।
आयोजक संस्थाले जनाएअनुसार कार्यक्रममा नेपाली गायक सुगम पोखरेल, मोडल पुजा ठाकुर, रोशन पराजुली र सुशिल नेपालको पनि प्रस्तुति रहनेछ।
https://www.youtube.com/watch?v=ngfsrGTKbys