
महोत्तरी। हिन्दुहरुको महान पर्ब दिपावली र छठ पर्वको उपलक्ष्यमा महोत्तरीको औरही नपा स्थित नेपाल शिक्षक महासंघ नगरकार्य समितीले शुभकामना आदानप्रदान र सेवानिबृत शिक्षकहरुको सम्मान कार्यक्रम गरेको छ ।
स्थानिय श्रीप्रसाद उच्च माबिको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा औरही नगर प्रमुख शुनिल कुमार यादव लगायत नगरका सम्पुणर् विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिका तथा शिक्षा क्षेत्रमा कार्यरत प्रमुख ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमका नगर प्रमुख शुनिल कुमार यादवले औरही नगरपालीका भित्र रहेका सम्पूणर् बिद्यालयमा विषयगत शिक्षक नभएको विद्यालयको लागि दरबन्दीको व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए ।
उनले नगरपालिका भित्रका विद्यालयहरुमा भौतिक संरचना लगायत शिक्षा क्षेत्रको लागि निकै गम्भिर भएको बताए । उनले नगर भित्रका सबै विद्यालयहरुमा गुणस्तरिय पठनपाठनको लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।नगर प्रमुख यादवले भने, ‘शिक्षा क्षेत्र नभई हरेक क्षेत्रमा विकृती रहेकोले आ-आफनो हक अधिकारका लागि स्वयं आफै लड्नुपर्छ,माग्नुपर्छ नत्रभने अहिले अवस्था पछाडि परिन्छ ।’कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि आबश्यक जनशक्तिको मांग भएपपनि सरकार र सम्बन्धित तहले बेवास्ता गरेको कारण शिक्षा क्षेत्र ब्यबस्थित हुन नसकेको अधिकांश वक्ताहरुको भनाई थियो ।
शिक्षा शाखा अधिकृत धनवहादुर रायले अहिलेको अबस्थामा बिद्यालयको समस्याहरु थुप्रै छन् तर पनि गुणस्तरीय शिक्षाका लागी नगर शिक्षा शाखाले बिभिन्न निकायसंग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।
सो कार्यक्रममा नगरभित्र रहेका सातवटा निबृत शिक्षकहरुलाई दोसल्ला र प्रसंसा पत्र दिई सम्मान गरिएको प्रधानाध्यापक शिबशरण यादवले बताए ।










