
बिरगंज- १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२१ का २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन्।
प्रहरीका अनुसार ९ कात्तिकमा बिहान ती किशोरी ट्युसन पढ्न जाने क्रममा उनीहरूले बाटो ढुकी तानेर फोटो स्टुडियोभित्र लगी जबरजस्ती करणी गरेका थिए।
उनीहरूमाथि जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।