
महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता सरतसिंह भण्डारीले प्रदेश २ सरकार यथासिघ्र प्रदेश २ को नाम र स्थायी राजधानी लगाउनुपर्ने बताएका छन् ।
सोमबार लोसपा नगरकमिटी भंगहाले सीतापुर बजारमा दिपावली, छठ पर्व तथा सामाचकेवा पर्वको अवसरमा आयोजन गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले अहिले प्रदेश २ सरकार दुई तिहाइ बहुमतको भएकाले नाम र राजधानी टुंगो लगाउन खासै समस्या नहुने बताएका हुन् ।
उनले प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम नै राख्ने गरी सरकारले प्रस्ताव अघि सारे लोसपाले त्यसमा सहयोग गर्ने उद्घोष गरे ।
अर्को प्रसंगमा नेता भण्डारीले भंगहा नगरपालिकाको मेयर संजिव साहको चारवर्षमा गरेको विकासमुखी कामको प्रसंसा गर्दै अगामी टिकट उनैले पाउने घोषणा गरे ।
उनले भने ‘मेयर संजिवको साहको कामले जनता खुसी छन् । उनको पक्षमा जन उभार छ । म लोसपाको वरिष्ठ नेताको हैसितले घोषणा गर्छु अगामी स्थानीय तहको निर्वाचनमा पुनः मेयरका लागि संजिवसाहलाई नै लोसपाले टिकट दिन्छ’
उनले मधेशीको हकअधिकारको कुरामा सरकार जहिले पनि विभेद गर्ने गरेको उनको भनाइ छ ।
सभालाई सम्वोधन गर्दै मेयर साहले पिछडिएका जातजाती समुदायलाई आफुले उच्च प्राथमिकतामा लिएर अघि बढिरहेको बताए ।
लोसपाका भंगहा नगर कमिटी अध्यक्ष भरत यादवको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रको प्रमुख अतिथि वरिष्ठ नेता भण्डारी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिधिको रुपमा प्रतिनिधिसभा सदस्य निर्जला राउत, प्रदेश सांसद जैलुन राइन, मेयर साह, युवा नेता ज्ञानेन्द्र झा ज्ञानु लगायत लोसपाका वडाध्यक्ष जनप्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा भंगहा नगरपालिकाको गाउँगाउँबाट लोसपाका हजारौं नेताकार्यकर्ता, नगरबासी सहभागि भएका थिए ।
https://www.youtube.com/watch?v=TcDg646owY4&t=366s




