
जनकपुरधाम। तिहारको पाँचौ तथा अन्तिम दिन आज शनिवार जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलमा भरदुतीया पर्व मनाइदैछ ।
दाजुभाई आफ्ना दिदी बहिनीको घरमा पुगी न्यौता (निमन्त्रणा) लिदैं भरदुतिया पर्व मनाउने गरिन्छ ।
कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाइने यो पर्वमा भाइ बहिनीको प्रेम, स्नेहको प्रतिकको रुपमा मनाईन्छ । यस पर्वलाई भरदुतीया सहित भ्रातृद्वितीया, भाइदुज र भैयादुजको नामले पनि मनाउने गरिन्छ ।
यो पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई निमन्त्रणा दिई आफ्नो घर बोलाउने गर्छन् । यसपछि दिदी बहिनीले आफ्नो आँगनमा अरपन (चामललाई पानीसँगै पिँधेर बनाइएको लेदो) बनाउने गर्छन् ।यसलाई पीठार पनि भनिन्छ। अरपन बनाएर एउटा पिंढिया राखी दाजुभाइलाई त्यसमाथि बसाउने गरिन्छ । यसपछि दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइ दिएर हातमा पिठार लगाएर कुभिन्डोको फूल, पान, सुपाडी राखी दिदीबहिनीले एक पटक उठाउने गर्छन् ।
विवाहित दाजुभाइ भए चामलको पिठोसँगै सिन्दूर पनि लगाइदिने चलन छ । त्यसपछि हातमा पानी हालेर दिदी बहिनीले नै हात पखालि दिन्छन् । यस क्रममा दिदीबहीनीले एक पंक्तिको उच्चारण गर्ने गर्छन् –
यस पर्व बारे लोककथा अनुसार यमराजलाई आफ्नी बहिनी यमुनाकहाँ जाने समय मिलिरहेको थिएन् । एक दिन यमुनाले निमन्त्रणा दिई यमराजलाई आफ्नो घर बोलाइन् । र, मीठा–मीठा परिकारहरु बनाएर खुवाइन् । यो दिन कात्तिक शुल्क पक्षको द्वितीया तिथि थियो ।
यमुनाद्वारा गरिएको आतिथ्यबाट प्रसन्न हुँदै यमराजले यमुनालाई वरदान माग्न भने । यमुनाले प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् ।
उनले दिदी बहिनीले यो दिनमा आफ्नो दाजु भाइलाई आदर सत्कार गरी टीका लगाउने गरे तपाईंको भय नहुने वरदान मागिन् ।
यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्केको किंवदन्ती रहेको छ । सोही दिनबाट यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।
यमुनाले दाजु यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनु पर्ने र म जस्तै बहिनीले यो दिनमा आफ्नो दाजुभाइलाई आदर सत्कार गरी टीका लगाए उसलाई तपाईँ (यमराज)को भय नहोस् भनि वरदान मागिन् । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा सुरु भएको मान्यता रहेको छ ।



यसरी आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले यो पर्व मनाउने गर्छन् । यस दिन दाजुभाइ आफ्नो सामथ्र्य अनुसार दिदी बहिनीलाई लत्ता, कपडा, मिठाई, फलफूल सहितका कोसेली दिने गर्छन् । यसबाहेक ग्रामीण क्षेत्रमा अहिले पनि खिर, पुरी, पडुकिया सहितका पकवान समेत माईतीबाट दिदीबहिनीलाई भार (कोसेली) लगिदिने चलन छ । दिदीबहिनीले दाजुभाइलाई मीठा मीठा परिकारहरु बनाएर खुवाउने गर्छन् ।‘गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई कें !
जहिना जहिना गंगा–यमुना केँ धार बहय,
तहिना हमर भाय सबहक औरदा बढ्य’
(अर्थात गंगाले यमुनालाई निमन्त्रणा दिइन् मैले आफ्नो दाजुभाइलाई, जसरी गंगा यमुनाको नदी अविरल बग्दछ, त्यसरी नै मेरो दाजुभाईको आयु बढिरहोस् ।)


यस्तो छ भरदुतिया पर्वको कथा
यो पर्वलाई लिएर एउटा कथा प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो। छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो दाजु यमराजलाई अगाध स्नेह गर्थिन् । भनिन्छ, यमुनाले पटक पटक आफ्नो दाजु यमसँग निवेदन गर्थिन् आफ्ना इष्टमित्रका साथ घर आउनका लागि । तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्ने गर्दथे । यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितिया तिथिको दिन यमुनाले दाजु यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनबद्ध गरिन् । यमराजले सोचे म सबैको प्राण लिन्छु । मलाई कोही घर बोलाउन चाहँदैन् । बहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो र यमराज बहिनीको घर पुगे। आफ्नो घर आएको देखेर यमुना निकै खुशी भइन् । यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यञ्जन दाजु यमलाई खानका लागि दिइन । यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्नलाई भने ।