
जनकपुरधाम - सिरहाकी ४ बर्षीय बालिकालाई जब र्जस्ती कर णी गरेको आरो पमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबर जस्ती क रणी गरेको आरो पमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो छन् ।
उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कल्याणपुर नगरपालिकाको वडा नम्बर ११ स्थित मिलनचौकबाट पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।