काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो। अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ।