ढल्केवर- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनुषाको मिथिला नगरपालिकामा संगठन विस्तारलाई तिब्रता दिइएको छ ।
शनिबार मिथिला नगरपालिकाको वडा नं. ७ मा वडा कमिटी गठन गरी संगठन विस्तार कार्यलाई तिब्रता दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सचिव सोमप्रसाद शर्माको प्रमुख आथित्यमा बसेको वडा भेलाले मिथिला नगरपालिका वडा नं. ७ मा बिनोद राउतको अध्यक्षतामा ४५ सदस्य वडा कमिटी गठन गरेको छ ।
भेलामा पार्टीका जिल्ला सदस्य रामउद्गार महतो, सोमबहादुर लामा, धर्म बुलन, भिमप्रसाद शर्मा, उमेश महतो बिना कडारी, ललिता महतोलगायत स्थानीय नेताकार्यकर्ताको उपस्थित थियो ।




