महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले ज्यान रहुन्जेलसम्म जनपक्षमा वकालत गरिरहने बताएका छन् ।
शनिवार महोत्तरीको औरही नगरपालिका ६ स्थित वैरियामा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता भण्डारीले आफु चार दशकको राजनितीक यात्रामा जनमुखि न्यायको लागि अभियान संचालन गरेकोले सो अभियान अझ जारी नै रहेको बताए ।नेता भण्डारीले बर्षौदेखिको यो लडाईमा युवा शक्तिको आवश्यक्ता रहेकोले साथ दिनका लागि सवैमा आग्रह गरे । भण्डारीले भने, ‘हामी मधेशमा हुर्केका हौ । मधेशीको हकअधिकार दिलाउनका लागि हामी अगाडि बढि रहेका छांै । आमजनतालाई जवसम्म नेपाली नागरिक सरह अधिकार दिलाउँदैनौ तबसम्म हामी चुप लागेर बस्ने छैनौ ।’चाँडै नै संसद विघटन गरि चुनाव घोषणा गरेर देशलाई निकास दिलाउनका निम्ति नेता भण्डारीले आग्रह गरे । उनले भने, ‘दुईपटक देशमा संसद विघटन भयो । पुनः जिवीत भयो । तर दुखद एकपटक पनि संसदको वैठक वस्न पाएन । त्यसले गर्दा संसद विघटन नै आवश्यक रहेको छ ।’त्यसैगरी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३ सयको हाराहारीमा लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरु प्रवेश गरेका छन् । उनीहरुलाई नेता भण्डारीले दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएका थिए ।