
धनुषा- धनुषामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतकाे अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हाे।
आज साँझ धनुषाको विदेह नगरपालिका वडा नं. ७ बेलापट्टी सडक खण्डमा अन्टेस्ट ट्याक्टर पल्टिएको हो । सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । बाँकी १८ जना घाइतेको उपचार भइरहेको प्रवक्ता बस्नेतले बताए ।
उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्नानकाे लागि आउदै थियोे ।