महोत्तरी। सिरहाकाको कर्जन्हा नगरपालिका १ उत्तराहनी स्थित कमला नदीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदिप राय क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदीले जानकारी दिए।
कार्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार विहान डुबेर मृत्यु भएको छ । मेलास्थल सुरक्षार्थ बन्दिपुरबाट खटिएका सुरक्षाकर्मीले स्थानीयको सहयोगमा क्षेत्रीको शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का उठाउने काम भएको छ ।
मुचुल्का उठाई शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कमला नदीको उत्तराहनीमा कार्तिक पूर्णिमाको अवसरमा भव्य भूत मेला लागेको छ ।