महेन्द्रनगर (धनुषा)- नेपाली काँग्रेस धनुषा जिल्ला निर्वाचन क्षेत्र नं ४ का सभापति तथा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर यागेन्द्र पजियारले कांग्रेसको धनुषा जिल्ला सभापतिको लागि उम्मेदवारी दिने घोषणा गरेका छ्न्। मंगलबार शिरीष न्युज संग पजियारले कुरा गर्दै कांग्रेसको १४औँ महाधिवेशनमा धनुषा जिल्ला सभापतिमा उम्मेदवारी दिने उनले बताए।
पजियारले काँग्रेसको अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिकाको वडा देखि नगर कार्यसमिति सर्वसम्मत नेतृत्व चयनको लागि उल्लेखनीय भुमिका खेलेकाेमा पार्टी भित्र प्रशंसाका पात्र बनेका छन् । उनले सबै तह र तप्काका नेता र कार्यकर्तालाई मिलाएर सर्वसम्मतिले सबै समिति चयन गर्न सफल भएका हुन् ।
३ कार्यकाल क्षेत्रिय सभापतिको भुमिका निर्वाह गरि सकेका पजियारले यश पटक जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
पजियारले विगत अढाई दशक देखि काँग्रेस पार्टीमा क्रियाशिल रहेको र पटक पटक गरेर पार्टीको विभिन्न जिम्मेवारी सम्हाली सकेकाेले धनुषा जिल्ला सभापतिका लागि योग्य भएको भन्दै उम्मेदवारी घोषणा गरेको बताए।
उनले भने, ‘धनुषा जिल्लामा काँग्रेसको सङ्गठन अझ बढी सुदृढ गर्नका लागि जिल्ला सभापतिको घोषणा गरेको बताए ।
धनुषा जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका पजियारले आफू सभापतिमा निर्वाचित भएपछि पार्टी सङ्गठनलाई मजबुत बनाउनुका साथै अगामी निर्वाचनमा पार्टीलाई धनुषाका सबै निर्वाचन क्षेत्रबाट विजयी गराउने अभियान सफल बनाउने हरसम्भव प्रयास गर्ने बताए ।
उनले भने, 'नेपाली काँग्रेस कार्यकर्ताहरूको भावनालाई कदर गर्दै जिल्ला र प्रदेश २ मा पार्टीलाई १ नम्बर पार्टी बनाउने छु।'