
जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको क्षेत्रीय अधिवेशन आज पनि निष्कर्षमा पुग्न सकेन ।
धनुषाको क्षेत्र नं. १ को क र क्षेत्र नं. ४ ख तथा महोत्तरी क्षेत्र नम्बर ४ क मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।
नेपाली काँग्रेस धनुषाको निर्वाचन सचिवालय प्रमुख रामगुलाम कणर्को अनुसार धनुषा क्षेत्र नं. १ क बाट सभापतिमा जगत नारायण साह, क्षेत्र नं. ४ ख बाट बासु पौडेल सर्वसम्मतबाट चयन भएका छन् ।
अन्य क्षेत्रमा आकांक्षीको संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको निर्वाचन सचिवालय प्रमुख कणर्ले जनाए ।
उनले धनुषाको क्षेत्र नं. २ र ३ को दुबै प्रदेश सभा क्षेत्रमा सहमतीको लागि प्रयास जारी रहेको छ भने क्षेत्र नं. १ ख मा आज मतदान भएको छ ।
त्यसैगरी क्षेत्र नं. ४ क मा भोली शुक्रवार मतदान हुने र सहमती जुट्न नसकेको क्षेत्र भने भोली चुनाव प्रकृया अघि बढाएर भएपनि अधिवेशन सम्पन्न गराउने तयारी रहेको निर्वाचन सचिवालय प्रमुख कणर्ले जनाए ।