
धनुषा- धनुषामा ट्रयाक्टर दु'र्घटना हुँदा एकजनाको घटना स्थल मै मृ'त्यु भएको छ ।
आज विहान बालुवा लोड गरेको ट्रयाक्टर दुर्घटना हुँदा इन्जिनले च्यापिएर चालकको मृ'त्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

मृ'त्यु हुनेमा धनुषाको मिथिला नगरपालिका ७ बस्ने ट्रयाक्टर चालक २५ वर्षीय चेतन महतोको मृ'त्यु भएको प्रहरीले जनाएको छ ।
मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर दुर्घटना भएको थियो । इन्जिन माथि उठ्दा त्यसमा च्यापिएर चालक महतोको घटनास्थल मै मृ'त्यु भएको इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनार जानकारी दिए।
महतोको श'व पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्घान भइरहेको इप्रका महेन्द्रनगरका इन्चार्ज प्रनि सुनारले बताए।