एजेन्सी-वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक मधेसी मजदुरको मृ'त्यु भएको छ । मृत्यू हुनेमा सुनसरीका सन्तोष कुमार ठाकुर रहेका छन् ।
विगत ५ वर्षदेखि मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत उनी शौचालय गएका थिए । तर लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा उनी शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए ।
ठाकुरको शौचालयमै मृ'त्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाईएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जनाएको छ ।