जनकपुरधाम। नेपाली काँग्रेसको उपसभापति विमलेन्द्र निधिले अगामी निर्वाचन पछि प्रदेश र देशमा काँग्रेसको बहुमतको एकमनाको सरकार बनाउने दाबि गरेका छन् ।
आज जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेश २ को अधिवेशनलाई सम्बोधन गर्दै उपसभापति निधिले सारा देशले अहिले काँग्रेसको एकमना सरकार आउनु पर्ने आशमा बसेको बताउँदै उनले प्रदेश २ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट काँग्रेसले जित्नु पर्ने आवश्यक्ता रहेको उल्लेख गरे ।उनले सबैभन्दा जरुरी प्रदेश २को सबै जिल्लाको क्षेत्रबाट काँग्रेस जित्नु पर्ने रहेको बताउँदै यस प्रदेशमा काँग्रेसले सबै सिट नजिते काँग्रेसको बहुमतको सरकार बनाउन गाह््रो हुने बताए ।
उनले प्रदेश अधिवेशनमा भाग लिन आउनु भएको सबै जिल्ला र क्षेत्रका नेताहरुलाई निर्देशन दिंदै भने, ‘तपाइँहरु नेपाली काँग्रेसको जिल्ला र क्षेत्रका नेताहरु हुनुहुन्छ, अहिले देखि नै सबै स्थानीयको सबै वडा देखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा काँग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस् । अगामी निर्वाचनमा काँग्रेसको बुहमतको जित सुनिश्चित छ।’निधिले नेपाली काँग्रेस तल देखि माथि सम्म सबै तहमा नेपाली काँग्रेसको आफ्नै उम्मेदवार खडा गरि जिताउनु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै उनले भने, ‘सबै ठाउँमा यदि काँग्रेसले आफ्नै उम्मेदवार खडा गरेनन् भने बहुमत आउन नसक्दैन, किनभने सबै उम्मेदवार जित्ने चुनावमा ग्यारेन्टी हुँदैन।’
उनले अहिले सबै काँग्रेसीहरुले पार्टीको १४औं महाधिवेशनलाई सफलता पूर्वक सम्पन्न गराउन लाग्नु पर्ने र मंसीर महिना भित्र तल देखि माथि सम्मको सबै अधिवेशन सम्पन्न गराउनु पर्ने बताए।उनले नेता कार्यकर्ताहरुलाई यस महाधिवेशनलाई आगामी निर्वाचन संग जोडेर हेर्न आग्रह गर्दै यसका लागि संगठन सुदृढिकरण र आपसी एकताको खाँचो रहेको उल्लेख गरे ।निधिले मेधसी जनताको अधिकार र चाहना अनुसार कति पटक काँग्रेसले संविधान संशोधनको लागि प्रस्ताव लगेपनि कम्युनिष्ट र मधेसवादीले गर्न चाहेकोले हुन नसकेको हुँदा संविधान संशोधनको लागि पनि काँग्रेसको बहुमतको सरकार जरुरी रहेको बताए।
उनले भने, ‘संविधान र संघीय प्रणालीको सफल कार्यन्वयन कम्युनिष्ट पार्टीले गर्न सक्दैनन्। तथाकथित मधेसवादी पार्टीले झन सक्ने कुरा नै आउँदैन । सफल कार्यन्वयन मात्र काँग्रेसले गर्न सक्छ । जसको लागि सत्तामा बहुमतको साथ काँग्रेस पुग्न जरुरी छ।’
उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यता सहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहना अनुसार सफल काँग्रेसले मात्र गर्न गर्न सक्ने भएकोहुँदा काँग्रेसको बहुमतको सरकार जनताले चाहेको दाबि गरे ।वैचारिक रूपमा स्पष्ट कांग्रेस, एकतावद्ध कांग्रेस र गतिशील कांग्रेस भन्ने नारा समेत अगाडि सार्दै निधिले भने,‘नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न आवश्यक छ। युवाहरु पार्टीमा अघि बढ्नु पर्ने र धेरै जसो जिल्ला र क्षेत्रमा १८ देखि २० वर्षको युवाहरुलाई पनि पार्टीको विभिन्न पदमा काँग्रेसले स्थानल दिएको छ।’
उनले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आवश्यक रहेको बताए।