जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा आज देखि सुरू भएको बटेश्वर गापा अध्यक्ष कप “राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८ काे प्रदेश १ र प्रदेश २ बीच भएको उद्घाटन खेलमा प्रदेश २ फराकिलो अंकले जित हासिल गरेको छ।
प्रदेश २ ले २२ का विरूद्ध ४९ अंक ल्याई विजयी भएको छ। उद्घाटन खेलमा सबै भन्दा बढी अंक ल्याउन सफल प्रदेश २ रेडर जर्सि नं ९ का जल शाहले सबै भन्दा बढी १४ अंक र डिफेन्डरमा जर्सी नं ५ का दिव्या शाहले १२ अंक ल्याउन सफल भएका थिए। प्रतियोगिताकाे दाेश्राे खेल अहिले बागमती प्रदेश र गण्डकी प्रदेश बीच जारी रहेको छ।
[caption id="attachment_9318" align="alignnone" width="2560"] प्रदेश का खेलाडी जल शाह र दिव्या शाह संग काेच कल्याण भुजेल[/caption]
वटेश्वर गाउँ पालिकाकाे संयोजनमा शिव शक्ति युवा क्लव बटेश्वरले आयोजना गरेको यस प्रतियोगितामा मुलुकको ७ वटै प्रदेशको टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ।प्रतियोगिताको प्रचार प्रसार समितिको संयोजक मदन बिकले जनाए अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ पुरस्कारको व्यवस्था रहेको छ।
यहि मंसिर २३ गते देखि २५ गते सम्म संचालन हुने यसका साथै प्रतियोगिता अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डरको साथै सधै प्रतियोगितामा एक – एक जनालाई म्यान अफ दि म्याच प्रदान समेत गरिने आयोजक क्लवका जीवन भुजेलले जनाए।
उनले कुल १५ लगानीमा हुन लागेको यस प्रतियोगिताको लागि वटेश्वर गापाले र बटेश्वर गापा वडा नं ४ कार्यालयले ३ लाख र बाँकी रकम चन्दा संकलन गरिएको जनाए।आज प्रतियोगिताकाे उद्घाटन पूर्व मन्त्री तथा यश क्षेत्रका सांसद जुलीकुमारी महताेले गरेकी छिन्।
https://www.facebook.com/104607344773010/videos/1052335762226298
https://www.facebook.com/104607344773010/videos/220797076763741