काठमाडौं – नेपाली कांग्रेस महाधिवेशनको राष्ट्रिय सभामा जारी मतदान अझै सकिएको छैन।
दुई पटक थप गरेर भए पनि मतदान नसकिएपछि फेरि थपिएको हो। राष्ट्रिय सभागृहमा रहेको मतदानस्थलमा करिब ३७ जना मतदाता आधाघण्टादेखि मतदान गर्न नआएका बुझिएको छ। मतदान अन्तिम चरणमा भने पुगेको छ।



१० बजेसम्मका लागि तोकिएको समयमा एक घण्टा थप गरी साढे ११ बजेसम्मका लागि पुर्याइएको छ।
मतपत्र सकिएको तीन पटकसम्म नआएपछि पनि मतदान गर्ने समय धकेलिँदै गएको थियो। विभिन्न क्लष्टरमा मतदान गर्नुपर्ने भएकाले पनि मतदातालाई मत हाल्न समय लागेको थियो।
साढे १० बजेभित्र मतदान कार्यक्रम नसकिएपछि समय एक घण्टा थप गरिएको थियो। सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि फेरि तोकिएको थियो।
आज सभापतिको मात्र मतगणना हुने
मतदान सकिएपछि मतगणना आजै मध्यरातबाट शुरु गर्ने पनि तयारी गरिएको छ। मतदान सकिएसँगै मुचुल्का उठाउनेजस्ता काम सकिएपछि मत हालेर भरिएको ट्यांकीलाई मत गणनास्थलमा झारिनेछ र गणनाको काम थालिने निर्वाचन समितले जनाएको छ।
आज सभापतिको मात्र मतगणना हुने जनाइएको छ।




