
महोत्तरी- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आम जनताको पहुँच बाहिर रहेको बताएका छन् ।


पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले महोत्तरीमा अस्पताल सञ्चालनमा ल्याएको यस अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिए ।

हस्पिटल संचालक डा. यादव केपी ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहँदा राज्यमन्त्री थिए । डा. यादवले २ सय बेडको अस्पताल संचालनमा ल्याएका हुन् ।
अस्पतालका संचालक डा. यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह, पूर्व कृषि मन्त्री हरि नारायण यादव, प्रदेश सदस्य कौशल यादव सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
https://www.facebook.com/104607344773010/videos/214370007526879 https://youtu.be/-feJ0d03ymM


