महोत्तरी । नेकपा माओवादी केन्द्र महोत्तरीको पालिका र वडा अधिवेशन अझै सम्पन्न हुन सकेको छैन । कतै आकांक्षीहरूबीच विवाद त कतै टोलभेला तथा सेल कमिटी नै नबनेको कारण अधिवेशन समपन्न हुन नसकेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
जिल्लाका १५ पालिकामध्ये सम्सी गाउँपालिका, सोनामा गाउँपालिका अधिवेशन नै भएको छैन भने बर्दिबास नगरपालिकामा अन्य पदाधिकारी चयन भए पनि संयोजक चयन हुन अझै बाँकी छ ।
बाँकी पालिकाका वडाहरूमा टोल भेला तथा सेल कमिटी नबनेको कारण अधिवेशन हुन नसकेको नेताहरूले दावी गरे पनि विवाद सतहमा नै देखिएको छ ।
बर्दिबास नगरपालिकामा दुई नेताहरूको आफ्ना उम्मेदवार बनाउनु पर्ने अडान कै कारण संयोजक टुंगिन नसकेको हो ।
माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका र पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पाटीका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलको कारण संयोजक टुंगिन नसकेको नेताहरू बताउँछन् ।
सम्सीमा पनि उस्तै विवाद छ । विवाद सावधान गर्नका लागी स्थानियस्तरमा प्रभावशाली नेता रजी हैदरले सहजीकरण गर्ने प्रयास गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
ञलोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा हुने भएत पनि हाम्रो पाटीले सबैजसो पालिकामा निर्विरोध पदाधिकारी चयन गरेको छ र बाँकी ठाउँमा पनि सर्वसम्मतवाट अधिवेशन सम्पन्न हुन्छझ, इन्चार्ज राजु खडकाले भने ।
गाउँपालिकामा ५५ पदाधिकारी र नगरपालिकामा ६७ पदाधिकारी चयन गर्न पाउने माओवादी केन्द्रको प्रावधान छ ।