काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ।
महाधिवेशनको अन्तिम मत परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
उसपभापतिका अरु प्रत्यासीहरु चन्द्र भण्डारीले १५८०, सुजाता कोइराला ६४८, महेस आचार्य ५ सय ८९ र दिव्यश्वरी शाले १३२ मत पाएका थिए ।
नेपाली कांग्रेसमा दुई जना उपसभापति हुने विधानतः व्यवस्था छन्।
मतगणनाको शुरुआती अवस्थामा अग्रता बनाइरहेका धनराज गुरुङ अप्रत्याशित रूपमा तल झर्दै गएका थिए।। करिब १०० देखि २०० मतसम्मको अग्रता लिएका उनको मत परिणाम अन्तिम समयमा आएर उल्टिएको थियो। उनले सभापतिमा पराजित भएका शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।
महेश आचार्यले आचार्यले प्यानलबिना उम्मेदवारी दिएका थिए। उपसभापतिको दौडबाट गच्छदारसँगै आचार्य, प्रकाशमान सिंह समूहमा रहेकी सुजाता कोइराला र विमलेन्द्र निधितर्फबाट दिव्यश्वरी शाह पनि थिए।
यस्तै कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका डा चन्द्र भण्डारीले पनि मतपरिणामको अन्तिम समयमा मत परिणणमा तल परे र पराजित भए । उनी कोइराला प्यानलका उम्मेदवार थिए ।
यता मत परिणामको शुरुआती अवस्थामा तल रहेका विजय गच्छदारले भने अप्रत्याशित रूपमा अग्रता बनाएका थिए। गुरुङ र डा भण्डारीभन्दा निकै तल देखिएका उनले ३५ सय मत गणना हुँदा एक्कासि सबैलाई उछिन्न सफल भएका थिए ।
मतगणना निरन्तर भइरहेको बेला विवाद उत्पन्न भएपछि केहीबेर रोकिएको थियो। जसका कारण अन्तिम मतपरिणाम आउन समय लागेको थियो।
उपसभापतिका प्रत्यासी खड्काले सबैभन्दा बढि मत २१२१ मत पाए भने अर्को विजयी गुरुङले १९०८ मत पाएका थिए । गुरुङ र अर्का प्रत्यासी विजय गच्छेदारवीच तीव्र प्रतिस्पर्धा हुदा झिनो मतान्तरले गुरुङ विजयी भएका हुन् । गच्छेदार २ मतले पराजित भए । उनले १९०६ मत पाएका थिए । मतगणनाका क्रममा विवाद भएको थियो । गुरुङले मतपत्रको एउटा बण्डल पुन मतगणना गराएका थिए । उनले विजयी भएपछि सञ्चारकर्मीहरुसंग भने, ‘म आफै मतगणना स्थलमा नआएको भए अवस्था अर्कै हुने रहेछ ।’