महोतरी । कोभिड-१९ को नया भेरियन देखिएसगै महोत्तरीमा कोरोना बिरुद्धको खोपलाइ तिव्र बनाइएको छ ।
नया भेरियनको लागी समेत हाल संचालित खोपहरु प्रभावकारी हुने पुष्टि भएपछी जोखिमलाइ मध्यनजर गर्दै खोप अभियानलाइ तिब्र बनाइएको हो ।
धार्मिक र सास्कृतिक कारणले कतिपय समुदायमा खोप लगाउन हिचकिचाहट देखीएतापनी प्रचारप्रसारको प्रयोग गरि खोप अभियानमा उत्प्रेरित गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
बिध्यालयमा अध्यणरत बालबालिकामा समेत सक्रमण नफैलियोस भन्ने उदेश्यले १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई ७ पौष देखि ११ गतेसम्म सामुदायिक विध्यालय मै पुगेर मेडर्ना खोप लगाउने तयारी गरिएको छ ।
यता पहिलो वा दोश्रो खोप नलगाएका सर्वसाधारणलाई लक्षित गरि ७ पौष देखि ११ सम्म बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकाहरुको स्वास्थ्य केन्द्र तथा तोकिएको ठाउँहरुमा खोप अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले जानकारी दिए ।
त्यसैगरी जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, महोत्तरी र एकडारामा १४ पौष देखि १८ पौषसम्म सामुदयिक बिध्यालयका लक्षित उमेर समुहका बालबालिका र सर्वसाधारणको लागी खोप अभियान संचालन गरिने प्रमुख यादवको भनाइ छ ।
दोश्रो खोप नलगाएका र छिटपुटहरुको लागी जनसंख्याको चापलाइ मध्यनजर गर्दै जलेश्वर र बर्दिबास अस्पतालमा दैनिक खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय महोत्तरीले बन्दोबस्त गरेको छ ।
`सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खोप लगाउन सक्ने ब्यवस्था मिलाएका छौ ।´ कार्यालय प्रमुख यादवले भने ।
विभिन्न चरणमा संचालन गरिएको खोप अभियानवाट महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन भने बाकी लगाउन बाकीलाइ पनि बरु घरदैलो अभियान संचालन गरेर पुर्ण खोपको ब्यवस्था गर्ने स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।
बालबालिकाका लागी भने महोत्तरीमा पहिलो पल्ट खोप अभियान संचालन गरिएको हो ।