
जनकपुरधाम- प्रदेश २ कांग्रेसको मतगणना स्थलमा विवाद उत्पन्न भएको छ । संस्थापन इतर समुहले महासचिवको मत गणनामा धाँधली भएको दाबी गर्दै पुनः मत गणना गर्नुपर्ने माग गरिरहेका छन् ।

निर्वाचन समितिले महासचिवमा संस्थापन समूहका वृहष्पति कृष्ण श्रेष्ठले जित हासिल गरेको जनाएको छ । तर, इतर समूहका नरेश यादवले भने सुरुमा निर्वाचन समितिले आफूलाई महामन्त्रीमा विजयी भएको बताएको तर पछि षड्यन्त्र गरेर श्रेष्ठलाई निर्वाचित गरेको दाबी गरेका छन् ।

उनले आफूहरूले मत परिणाम कुनै हालतमा स्वीकार नगर्ने , आन्दोलनमा जाने, आवश्यक परे पुनः निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताए।
अहिले मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्यसैगरी औपचारिक घोषणा हुन वाँकी रहेपनि मतपरिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् । त्यसै गरि महामन्त्रीको एक पदमा उपेन्द्र कुमार यादब विजयी भएपनि नरेश यादव र बृहस्पति कृष्ण श्रष्ेठको मतपरिणाम विवाद सृजना भएको छ।
त्यस्तै सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी छिन् । यद्यपी विवाद साम्य भएपछि मात्र औपचारिक घोषणा हुने निर्वाचन समितिले जनाएको छ।