बर्दिवास- मंगलबारसम्म संचालन हुनेगरी बर्दिवासमा नि:शुल्क प्रजनन् स्वास्थ्य सम्बन्धि शिविर शुरु भएको छ ।
बर्दिवास नगरपालिका र लायन्स क्लब अफ बर्दिवासको आयोजनामा शिविर शुरु भएको हो । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुर गठ्ठाघरको प्राविधिक सहायोगमा शिविर संचालन गरिएको लायन्स क्लब महोत्तरीकी अध्यक्ष उषा ढकालले जानकारी दिईन् ।
उपचारमा आवश्यक सम्पुर्ण स्वास्थ्य उपकरणको साथमा आएको स्वास्थ्यकर्मिको टोलीले शिविरमा आएका महिलाको प्रजनन स्वास्थ्यमा भएका सबै समस्याको पहिचान र उपचार गर्ने सामुदायिक सेवा प्रतिष्ठानका निर्देशक माहादेव बाँनियाले बताए । शिविरमा उपचार गराएका महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर र आङ खस्ने समस्या भएमा अप्रेशन समेत निशुल्क गरिने बाँनियाले बताए ।
सेवा प्रतिष्ठानबाट ११ जनको स्वास्थ्यकर्मिको टोली शिविरका लागि बर्दिवास आएको केन्द्रका सुपरभाईजर हरिहर उप्रेतिले जानकारी दिए । उनका अनुसार शिविरमा आउने महिलाहरुको परिक्षण स्त्रीरोग विशषज्ञ डाक्टर रितु लामिछाने सहितको स्वास्थ्यकर्मिको टोलीले गर्नेछ । शिविरमा औषधि समेत निशुल्क वितरण गरिने शिविरले जनाएको छ । शिविरबाट धेरैभन्दा धेरैले लाभ लिउन भन्ने उदेश्यले त्यसैअनुरुप शिविरको प्रचारप्रशार गरिएको लायन्सकी अध्यक्ष ढकालले बताईन् । शिविरको आयोजक रहेको नगरपाकिलाले लायन्स जस्ता विभिन्न संघ र संस्थास“ग मिलेर अन्य शिविर समेत संचालन गर्ने बर्दिवास नगरपालिकाले जनाएको छ । कुनै एक व्यक्ति र एक पक्षले गरेको कामले मात्रै राम्रो नतिजा नदिने भएकाले अन्य संघ संस्थासग समन्वय गरि अन्य रोगहरुको उपचार शिविर पनि नगरले संचालन गर्ने बर्दिवास नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत रेवती पराजुलीले बताए ।
शिविरमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि सबै समस्या निधान हुने भएकाले डाक्टरस“ग समस्या नलुकाउन प्रदेश सांसद सारदादेवी थापाले सबै महिलाहरुलाई आग्रह गरिन् । डाक्टर र वकिलस“ग आफ्ना कुरा सहि सत्य नबताए नतिजा शुन्य हातपर्ने उदाहरण दिदै“ सांसद थापाले लाज नमानि आफ्ना समस्या सुनाउन र देखाउन महिलाहरुलाई आग्रह गरिन् । शिविरबाट धेरैले फाईदा लिउन भन्ने उदेश्यले सुन्ने,देख्ने र उपचार लिने सबैले छरछिमेकमा पनि शिविर छ समस्या भए जानुस् भनेर खबर गरिदिन थापालेअनुरोध गरिन् ।
शिविरमा उपचार गराउ“ने महिलाहरुलाई अप्रेशन गर्नुपरेमा आयोजक समितिले अप्रेशन समेत निशुल्क हुने व्यवस्था मिलाएको छ । अप्रेशन गर्नुपर्ने बिरामीलाई बनेपा लगेर निशुल्क अप्रेसन गरि पठाउने व्यवस्था मिलाईएको सेवा प्रतिष्ठान गठ्ठाघरले जनाएको छ ।




