दिपक कुमार पाण्डेय
महोत्तरी - एकडारा गाउँपलिका वडा नंं ३ भटौलीया मुसहरी टोलकी ७५ बर्षीय मरनी देबी सदा सोमबार जिबनमै सबभन्दा बढी खुशी भईन । हातमा लौरो लिएर गाउँटोलमै सूर्यको घाम ताप्दै हिडीरहेको बेला पुस्तौँदेखि बसोबास गर्दै आईरहेको जग्गाको प्रमाण उनकै फोटो टाँसिएको जग्गाधनी प्रमाणपूर्जाे नापी कार्यालय महोत्तरीको टोलीले गाउँमै गएर हस्तान्तरण गरेपछि उनी पूर्जा न्याल्दैँ हर्षबिभोर भईन् ।
छौ सन्तानकी आमा रहेकी मरनी सदा पुर्जा पाउदैँ टुलुटुलु आखाँ बाट आँसु झार्दै बषौँ पहिला स्वर्गबास भईसकेका आफनो श्रीमान् लाई याद गरिन । श्रीमान् फेकन सदा मुसहर स्वर्र्गीय हुनु अगाडी बारम्बार आफना सन्तानलाई यो जग्गा हाम्रो पूर्वजको भएको हुनाले यस्को स्वामित्व भएको प्रमाण मेरो नाउँमा बनाईदिन बारम्बार भनिरहे । बर्षौ पहिला स्वर्गीय श्रीमान्ले देखेको सपना आज बिपनामा परिणत भईसकेको हुदाँ खुशीको आँसु आँखाबाट आईरहेको मिडिया सँगको सम्बादमा भनीन् ।
माथी प्रस्तुत मरनी देबी सदा मुसहर सँग मिल्दोजुल्दो उदाहरण यस समाजमा सयकडौँ रहेका छन् । पुस्तौँ देखि बसोबास गदैँ आईरहेको गाउँब्लक जग्गाको प्रमाणपूर्जा गाउँमै हाथहाथमा पुग्दा हर्षबिभोर हुनु स्वभाबिक रहेको सतरी बर्षिय सूर्य सदा बताउँछन् । एकडारा गाउँपालिका वडा नं३ को समन्वयमा नापी कार्यालय महोत्तरीले आयोजना गरेको एक कार्यक्रमका बिच तत्कालिन भटौलिया गाबिसको १,२,३,४,५,६,७,८,९ हाल एकडारा गाउँपलिका वडा नं.३ का २९० जना जग्गाधनीले प्रमाणपूर्जा पाएका छन् ।
यता एकडारा गाउँपलिकाका अध्यक्ष राछबिला साहले पुस्तौँ देखि प्रमाणबिहिन जग्गामा बसोबास गर्दै आईरहेको हाम्रो समाज जग्गाको प्रमाण गाउँमै पाएको प्रति जग्गाधनीलाई शुभकामना तथा नापी कार्यालय महोत्तरीलाई धन्यबाद ज्ञापन गर्नुभयो । अध्यक्ष साह गाउँब्लक नापनक्सा भएको पनि बर्षौ भयो तर पूर्जा बितरण हुनसकेको थिएन तर आजको दिनमा भइरहेको पूर्जा बितरणको रफतारले गर्ब महसुस भईरहेको र आउने दिनमा पालिकाबाट ब्यापक सहयोग गरिने प्रतिबध्ता ब्यतm गर्नुभयो ।
यता नापी कार्यालय महोत्तरीका प्रमुख राकेश कुमार झाले पूर्जा बितरणको प्रक्रिया बारे प्रष्ट पार्दै गाउँब्लकको जग्गा हाम्रो पूर्वजको सम्पती रहेको हुनाले यसको स्वामित्व राख्नु हामी जग्गाधनीको कर्तब्य रहेको बताउँदै आउने दिनमा यस जग्गालाई बेचबिखन नगर्न जग्गाधनी समक्ष आग्रह गनुभयो । प्रमुख झा पूर्जा बितरण हाम्रो प्रमुख अभियान रहेको प्रष्ट पार्दै यस बर्ष करिब ५ हजार पूर्जा बितरण गर्ने हामी लक्षयका साथ अघि बढिरहेको र यसमा हाम्रो टिम सदैब सक्षमताका साथ कामगरिरहेको बताउनुभयो ।
हालको एकडारा ३ मा गाउ ब्लकको जग्गाको जम्मा कित्ता ८२० रहेकोमा सो मध्ये खाली किता संख्या ११८,सरकारी किता संख्या २९र १२३ कित्ता संख्या तेरोमेरो (विवादित) रहेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रामछबिला साह,उपाध्यक्ष महाजबी खातुन,उतm वडाका वडाध्यक्ष ,वडा सचिब लगायतको उपस्थिती रहेको थियो ।