बिष्णु यादब
गौशाला- महोत्तरीको गौशालामा एक गैर सरकारी संस्थाले करिब ५० ओटा घर परिवारलाई राहत स्वरुप खाधान्न सामाग्री बितरण गरेको छ । गौशाला नगरपालीका वडा नंम्बर १ स्थित स्थानिय समुदायीक बिधालयको प्राङ्गणमा स्थानिय बृद्ध,असाहाय,अपाङ्ग,बिपन्न दलित र सुकुम्बासी गरी सब समुदायलाई समाबेश गरी राहत बितरण गरेको आयोजक संस्था सहेली नेपाल महोत्तरीका अध्यक्ष श्याम साह शंकरले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारका लागी अमेरीका गएका युवाहरुले समाजलाई सेवा गर्ने उदेश्यकासाथ टच्ड फाउन्डेशन अमेरीका नामक संस्था खोली आफ्नो कमाईको केही रकम बिपन्न दलित र अशाहाय ब्यक्तिलाई सहयोग गर्ने गरेको अध्यक्षले बताए । बुधबार बितरण गरेको राहतमा चाबल २० किलो,दाल,चिनी,नुन एक/एक किलो र खानेतेल १ लिटर बितरण गरेको संस्थाका सदस्य धनबहादुर शमालले जानकारी दिनुभयो । अहिले उपयुक्त समयमा हामीलाई संस्थाले दिएको राहत ईश्वरको बरदानस्वरुप रहेको भन्दै उनीहरुले संस्थालाई धन्यबाद दिएका थिए ।