महोत्तरी। महोत्तरीमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चालक घाइते भएका छन् ।
ज्यान जानेमा चालक सँगै बसेका महोत्तरीको भंगाहा नगरपालिका ८ धर्मपुर टोल बस्ने २२ वर्षीय शैलेन्द्र सदाको ज्यान गएको हो ।
सोहि ट्याक्टरले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
डिएसपी विष्टका अनुसार चालकसहित सातजना सवार नम्बर नभएको टयाक्टर ओभर स्पीडको कारण महोत्तरीको लोहारपट्टी नगरपालिका ४ स्थित आफै अनियन्त्रित भएर बिहीबार दिउँसो सडक छेउमा पल्टेको हो ।
शवको जिल्ला अस्पताल जलेश्वटरमा पोष्ट मार्टम गरी आफन्तनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने २५ वर्षीय सरोज पसवान घाइते भएका छन् । उनको प्रहरीको निगरानीमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अन्य व्यक्तिहरु समान्य घाइते भइ प्राथमिक उपचार पश्चात घर फर्केको जनाएको छ ।