महोत्तरी - लागुऔषध सहित महोत्तरीमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
शुक्रबार राति ८ बजेतिर भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा शहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।सुमन श्रेष्ठसँग नाईट्रोभेट ३०० ट्यावलेट, दुबै हातको पाखुरा भन्दा तल टेपले बाधी शुक्रबार राति ८ बजेतिर भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा शहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ कठुधार स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ । उनीहरूलाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ ।