काठमाण्डौ - बेद माध्यमिक विद्यालयमा गठन गरेको वेद युवा समुहका संस्थापक एवंम वर्तमान अध्यक्ष वरुण बस्यालले समुदायका युवाहरुको नेतृत्व र क्षमता विकासका लागि युवा समूहको कोषमा आफ्नो आम्दानीकोे मासिक रु १००० जम्मा गर्ने घोषणा गरेका छन ।
उनले घोषणा गरेको रकमले समुदायका युवाहरुको नेतृत्व र क्षमता विकासमा खर्चीने बताए । जसबाट समाज र राष्ट्रको सकारात्मक परिवर्तन गर्न, समाजका विकृति र विसङ्गतिहरु विरुद्ध अभियानहरू सञ्चालन गर्न र सबैमा समाज सेवाको भावना विकास गर्न सहयोग पुर्याउने अध्यक्ष बस्यालले बताए । उनले औपचारीक रुपमै फेसबुकमा पोस्ट गर्दै भनेका छन, ‘सबै व्यक्तिहरू समाज सेवामा वा सुधारका निमित्त लाग्छन भन्ने छैन । तर, यथार्थतामा यो कुरा सम्भव पनि नहोला । समाजको रुपान्तरणका लागि लाखौं अरबौं अर्थको लगानी आवश्यक छैन भन्ने उदाहरण पाल्पा बगनासकाली ८ बराङ्दिका एक युवाले दिएका छन ।’
बस्यालले धेरै युवाहरुको मानसिकतामा परिवर्तन ल्याई समाज र राष्ट्रको समृद्धिका लागि युवाहरुमा सन्देश फैलाउन सहयोग पुग्ने उद्देश्यले यस्तो घोषणा गरेको बताए । उनले भने,‘प्रत्येक रोजगार व्यक्तिहरूले यसै गरी समाजको परिवर्तनका निमित्त लगानी गरेमा नेपाललाई सन २०३० सम्म नयाँ आयाम दिन सकिने छ ।’ बस्यालले राजनितिकर्मीलाई इन्कित गर्दै भने, ‘ नेता वा राजनीतिकर्मीहरुलाई दोष प्रत्यारोप लगाउनुको सट्टा सबैले सुदृढ समाजको संकल्प लिएमा हरेक नेपाली सुखी बन्ने सपना पुरा हुन्छ । ’
यो संगै बस्यालले २०७३ सालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा आवद्द भएका थिए । समाजको चौतर्फी विकासको लागि कार्यक्रमहरुको समेत आयोजना गर्दै आएका बस्याल हाल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयमा कार्यक्रम फोकल व्यक्तिको रुपमा कार्यरत छन । साथै दिगो विकासका लागि लुम्बिनी प्रदेश युवा सञ्जालका संस्थापके वर्तमान अध्यक्ष समेत हुन । उनले यस महाअभियानमा सहभागी हुन सबैलाई आह्वान समेत गरिएको छन ।