काठमाडौं- शिक्षा मन्त्रालले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान मन्त्रालयमा भएको छलफलपछि उक्त निर्णय भएको हो।
यसअघि, आइतबार बसेको सीसीएमसीको बैठकले १५ माघसम्म विद्यालय बन्द गर्नका लागि सरकारलाई सिफारिरस गरेको थियो। सोही सिफारिसअनुसार मन्त्रालयले निर्णय गरेको हो।



कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि सरकारले स्मार्ट लकडाउनसहितका विकल्पमा पनि छलफल तथा तयारी शुरु गरेको छ।
शिक्षा मन्त्रालयले १५ माघसम्मको विद्यालय बन्द भएको समयलाई वार्षिक बिदामा मिान गर्नेगरी व्यवस्था मिलाउन पनि भनेको छ।




