सप्तरी। सप्तरीमा एक इँटा उद्योगकाे पर्खाल भत्किँदा एकजना मजदुरको ज्यान गएकाे छ भने दुईजना घाइते भएका छन् ।
जिल्लाकाे रुपनी गाउँपालिका वडा नम्वर ६ तेरहौतास्थित विशाल इँटा उद्योगमा काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा सोमबार पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।
पर्खाल भत्किँदा रुपनी गाउँपालिका वडा नम्वर ६ बस्ने ५० वर्षीया जतरीदेवी सरदारको च्यापिएर मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।



पर्खाल भत्किँदा च्यापिएर अग्निसाइर कृष्णासावरण गाउँपालिका वडा नम्वर ४ का मंगल सदा र भारतको मधुवनबस्ने रमेशकुमार लौउदी घाइते भएका छन् । दुवैको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।




