महोत्तरी- शितलहरले गर्दा महोत्तरीको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद व्यवस्थापन समितीले दलित समुदायका बालबालिकाहरुलाई न्यानोकपडा वितरण गरेका छन् ।
विहीबार जिल्लाका औरही नगरपालिका २ स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभुत विद्यालय फुलवरीयाका वालविकास तर्फका दलित सुमदायका ४४ जना वालवालिकाहरुलाई समितीले न्यानो कपडा ‘स्वीटर’ वितरण गरिएको हो ।
सामुदायिक विद्यालयका दलित समुदायका वालवालिकालाई चिसोबाट बचाउनका लागि विपद व्यवस्थापन समिती मार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो ।
कपडा वितरण पश्चात प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले संघीय सरकार मार्फत प्राप्त अनुदान अनतर्गत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्राहरुलाई स्वीटर वितरण गरिने बताए । प्रजिअ दाहालले चिसोले गर्दा खासगरि वालवालिकाहरु नराम्ररी प्रभावित भएपछि उनीहरुलाई जिल्ला विपद व्यवस्थापनको तर्फबाट स्वीटर वितरण गरिएको जानकारी दिए ।
चिसोको समयमा विपन्न गरिब समुदाय /वर्गलाई बचाउनुपर्ने आवश्यक्ता भएकोले सवैको सकारात्मक सहयोग लिई स्थानिय सरकार सकारात्मक भुमिकामा आउनुपर्नेमा प्रजिअ दाहालले जोड दिए ।
त्यस्तै आज नै जिल्लाको लोहरपट्टी नगरपालिकाका २ वटा सामुदायिक विद्यालयमा पनि सो समितीको तर्फ स्वीटर वितरण गरिएको छ।
भिडियो हेर्नुस्
https://www.facebook.com/104607344773010/videos/3088143521433876
फोटो हेर्नुस्



