धनुषा- अवैध रुपमा भन्सार छली गरेर ल्याएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरी पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार सात लाख ७० हजार ८० रुपियाँ बराबरको भारतबाट भन्सार छली ल्याएका अवैध सामान प्रहरीले शनिबार पक्राउ गरेको हो ।
जिल्लाबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट साडी, ऊन मोजा, टोपी, स्काप, बच्चाको सर्ट, ज्याकेट मोटरसाईकल थान– १ गरी जम्मा दुई लाख ४४ हजार ८ सय ८० रुपियाँ बराबरको थप सामान पनि बरामद गरेको जनाएको छ ।
त्यसैगरी पुस ३० गते धनौजि गाउँपालिका १ बाट पितल तथा स्टिलका भाँडाकुडाहरू, सुती साडी, टावेल, लहंगा, सल, बच्चाको विभिन्न किसिमको कपडाहरू र मोटरसाईकल थान–२ गरी जम्मा पाँच लाख ३२ हजार २ सय रुपियाँ बराबरको मालसामान बरामद गरेको प्रहरीले जनाएको छ ।
आवश्यक कारवाहीका लागि बरामद मालसामान जनकपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।