महोत्तरी। महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उहाँले समाजिक संजाल मार्फत लेख्दै सो पुष्टि गरेका हुन् । रुघा खोकीले सताए पछि शंका लागेर पिसिआर परीक्षणका लागि शुक्रवार जिल्ला अस्पताल जलेश्वरमा स्वाब परीक्षण गराउनुभएको थियो ।शनिवार बिहान रिपोर्ट पोजिटिभ आएपछि प्रमुख जिल्ला अधिकारीबासुदेव दाहालले जानकारी दिनुभयो ।
यता महाेत्तरीमा काेराेना संक्रमण वढ्न थालेकाे छ । भारतमा काेराेनाकाे संक्रमण वढ्रदै गर्दा महाेत्तरीमा समेत यसकाे प्रभाव देखिएकाे हाे ।
शुक्रवार जलेश्वर स्थित पिसिअार ल्यावमा १५ जनाकाे स्वास परिक्षण नतिजा अाएकाेमा साे मध्ये ११ जनालाइ संक्रमण पुष्टी भएकाे थियाे । साे मध्ये अदालतका कर्मचारी देखि चिकत्सक समेत रहेका छन ।