जनता समाजवादी पार्टी (जसपा) नेपालकी अर्की नेतृले पनि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई खुट्टा काट्ने चेतावनी दिएकी छन् ।
सोमबार जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघकी नेतृ रेखा साहले डा. सिके राउतलाई खुट्टा काट्ने अभिव्यक्ति दिएकी हुन् ।
गत माघ ५ गते मन्त्री रेणु कुमारी यादवले दिएको अभिव्यक्तिप्रति राजनीतिक माहौल तातिएपनि जसपाकै अर्की नेतृले डा. राउतको खुट्टा काटिलिने अभिव्यक्ति दिएकी हुन् ।
https://youtu.be/TRsExu6c0C4
सोमबार समाजवादी महिला सँघ पर्साद्धारा आयोजित खवरदारी एवम् विरोध कार्यक्रममा सँघकी नेतृ साहले मन्त्री रेणु यादवमाथि डा. सिके राउतका कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै उनको खुट्टा काटिदिने अभिव्यक्ति दिएकी हुन् ।
एक भिडियोमा उनले भनेकी छिनः–“हाम्रो महिलामाथि, हाम्रो महिला मन्त्री रेणु यादलाई आक्रमण गरे उनको एउटा टुप्पी, कपाल (चुरकी) उखेलिदिन्छौँ । महिला मन्त्रीमाथि प्रहार गरे उनको खुट्टा काटिदिन्छौँ ।”
यस्तै, जनमत पार्टीकी महिलाहरुलाई समेत चेतावनी दिएकी हुन् । उनले मर्दकी छोरीहरु भए हामी पाँच जनासँग लडेर देखाओस भनेर चुनौति पनि दिएकी हुन् ।
“त्यो त गौर थियो, पर्सामा भएको भए हामी देखाईदिन्थ्यौँ, हामी सिके राउतको खुट्टा नकाटिए एक बाउको छोरी नाई” भनेर अभिव्यक्ति दिएकी हुन् ।
यसअघि मन्त्री रेणु यादव यस्तै प्रकारको धम्की सार्वजनिक मँचबाट दिएपछि चौतर्फी आलोचना भइरहेको छ भने विभिन्न पार्टीबाट उनको पद बर्खास्तीको माग उठेको छ ।
https://www.facebook.com/104607344773010/videos/306859768060749