महोत्तरी। जनकपुरधाममा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश कुमार सिंहमाथि आक्रमण गरेका छन् ।
जलेश्वरबाट बर्दिबास जाने क्रममा राउतका कार्यकार्ताहरुले डा. सिंहलाई जनकपुरधामको पिडारी चोकमा उनि चढेको गाडीमा तोडफोडका गर्नुका साथै कुटपिट समेत गरेका छन् । सो क्रममा डा. सिंहको मुखमा गम्भीर चोट लागेको छ भने ओठमा आठवटा टाँका लगाउनु परेको छ ।
घाइते साहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।