काठमाडौं । काठमाडौं उपत्यकाका यातायातका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ।
उपत्यकाभित्र चल्ने यातायातका साधनमा केही दिनअघि जोर बिजोर प्रणाली लागू गरिएको थियो।



शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले यो निर्णय गरेका हुन्। माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
निजीलगायत ट्याक्सीहरूमा भने यो नियम रहने उनले जानकारी दिए।




