महेन्द्रनगर। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.५ महेन्द्रनगरस्थित क्षीरेश्वर उखु उत्पादक सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामअवतार महतोको अध्यक्षता तथा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश प्रसाद यादवको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा सहकारी संस्थाको तर्फबाट अध्यक्ष महतोले आर्थिक वर्ष ०७७/७८ को वार्षिक आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार सहकारीले आ.व. ०७७/ ७८ मा १२ लाख ५७ हजार रुपैयाँ ऋण लगानी गरेको छ, भने १५ लाख ९४ हजार ७६ रुपैयाँ ऋण असुली गरेको छ । संस्थाको शेयर पुँजी ८ लाख ६३ हजार रुपैयाँ रहेको छ । यस्तै संस्थाले गत आर्थिक वर्षमा २ लाख ६४ हजार ३ सय ३६ रुपैयाँ ब्याज आम्दानी गरेको छ भने १ लाख ३५ हजार २ सय २ रुपैयाँ ब्याजमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।क्षीरेश्वर उखु उत्पादक सहकारी संस्थामा कुल ३ सय ८० जना शेयर सदस्य रहेको संस्थाका प्रबन्धक संतोष काफ्लेले बताएका छन् ।
महेन्द्रनगरस्थित संस्थाको कार्यालय प्राङ्गणमा भएको साधारणसभामा केन्द्रंीय उखु उत्पादक सहकारी संघका प्रतिनिधी तेज कृष्ण काफ्ले, जिल्ला उखु उत्पादक सहकारी संघका अध्यक्ष जिवछ महतो, सल्लाहका एवं जिल्ला प्रतिनिधी ईश्वरी प्रसाद अधिकारी, क्षीरेश्वर उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय कुमार साह, संस्थाका लेखा समिति संयोजक हरि प्रसाद काफ्ले लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच क्षीरेश्वर उखु उत्पादक सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभाबाट संस्थाका नयाँ संचालक समिति चयन गरिएको छ ।
संस्थाको संचालक समितिको अध्यक्षतमा ललित साहलाई चयन गरिएको छ भने उपाध्यक्षमा गणेश बहादुर भण्डारी, सचिवमा रामबाबु महतो, कोषाध्यक्षमा लालबाबु रौनियारलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा हरिनाथ यादव, धिरज खाती, ममता देवी साह, कविता देवी पूर्वे, विमला कुमारी साहलाई चयन गरिएको छ ।
यस्तै सस्थाको लेखा समितिको संयोजकमा विनोद प्रसाद उपाध्याय, सदस्यमा शम्भु ठाकुर सोनार र रामजीवन प्रसाद गुप्तालाई चयन गरिएको छ । यस्तै सल्लाहकारमा तेज कृष्ण काफ्ले, रामऔतार महतो, ईश्वरी प्रसाद अधिकारी, हरिप्रसाद काफ्ले, उपेन्द्र नारायण सिंहलाई चयन गरिएको संस्थाका प्रबन्धक संतोष काफ्लले जानकारी दिएका छन् ।