महोत्तरी । सुजिता हत्या प्रकरणमा मृतकका बुवा कामेश्वर पाण्डेयलाई समेत जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएकोमा पिडित पक्षबाट पुनरावेदन गरिएको र उक्त पुनरावेदनको सुनुवाई गर्दै उच्च अदालत जनकपुरले उनलाई एकलाख धरौटीमा तारेखमा छोड्न विहिवार आदेश दिएको छ । यता देवर रुपेश ठाकुरलाई भने पुर्पक्षमै राख्न उच्च अदालतले आदेश दिएको हो । उच्च अदालतको बेन्च नं. १ मा मुख्य न्यायाधिश विनोद शर्मा र न्यायाधिश शकुन्तला घिमिरेको संयुक्त ईजलासले पाण्डेयको हकमा धरौटीमा छाड्न तथा अन्यको हकमा जिल्ला कै आदेश सदर गरेको हो ।
गत श्रावण २६ गते महोत्तरी जिल्ला अदालतको न्यायाधिश मुकेश उपाध्यायको एकल ईजलासले मृतकका बुवा पिपरा गाउपालिकाको रतौली निवासी कामेश्वर पाण्डेय र लोहारपटटी नगरपालिका ७ भ्रमरपुराका देवर रुपेश ठाकुरलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो भने हत्या पछि शव व्यवस्थापनमा नाम जोडिएका भ्रमरपुरा निवासी रामचन्द्र मन्डलको छोरा वर्ष ३७ को बण्ठा भन्ने किशोरी मण्डल,सोहि ठाउ वस्ने हकिम कवारीको छोरा वर्ष ३३ को मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलकै अर्का छोरा वर्ष ३२ को नथुनी मण्डल र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका २४ कुटी पोखरी बसहैया वस्ने वर्ष ५५ को प्रमोद मण्डललाई एक एक लाख रुपया धरौटीमा छोडिएको थियो । यता मृतकका नन्द भंगहा नगरपालिका १ कविलाशा घर भई जनकपुरमा वस्दै आएकि ३५ वर्षिया अंजु ठाकुर(चौधरी)लाई दश हजार धरौटीमा छोडिएको थियो ।
को थिईन सुजिता ?
पिपरा गाउपालिकाको रतौली माईत घर भएकि सुजिताको विवाह लोहारपटटी नगरपालिका ७ भ्रमरपुरा निवासी मुकेश ठाकुरसंग सामाजिक परम्परा अनुसार करिव दश वर्ष पहिले भएको थियो । जेठो छोरी ९ वर्षिया आँचल ठाकुर र कान्छो छोरा रौनक ठाकुरको जन्म हुदासम्म पारिवारिक सम्बन्ध ठिक नै रहेको सुजिताले श्रीमान सुस्त(मनोदशा सामान्य नभएको) भएकै कारण परिवारमा आफ्नो अधिकारको लागि आवाज उठाउन थालेपछि खटपट सुरु भयो । उनको चरित्रसंग जोडदै ससुराली पक्ष र अन्ततः मृत्यु पश्चात प्रहरीले समेत विभिन्न कुराहरु गरेपनि उनी आफ्नो अधिकारकै लागि संघर्ष गर्दा त्यसता आरोपहरु आएको उनको माईतपक्षको दावी छ ।
गत जेष्ठ १९ गते राती ससुराली घरमा झगडा परेको र त्यसको भोली पल्ट जेष्ठ २० गते समेत घरमा झगडा परेपछि उनकै देवरले उनको हत्या गरेको र सोहि वेला देखि उनी वेपत्ता थिईन । प्रहरीले असार २७ गते मात्र दोस्रो पटकको उत्खननमा उनको शव बरामद गरेको थियो ।
यसरी खुलेको थियो उनको हत्याको रहस्य ः
मृतक सुजिता जेष्ठ २० गते घरबाट बेपत्ता भएकोमा माईतपक्षले उनलाई खोजिदिन पिपरा प्रहरी चौकीमा निवेदन दिइयो । तर तत्कालै उनको खोजी प्रभावकारी नभएपछि पिडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा समेत खोजतलासको निवेदन दिएका थिए । पिडित पक्षले विभिन्न ठाउबाट संकलित जानकारी र प्राप्त अडियो भिडियो सहितले सुजिताको हत्या नै भईसकेको भनि जाहेरी नै दिन खोजेकोमा प्रहरीले जाहेरी लिन ईन्कार गरेको थियो । सो पछि समेत प्रहरीबाट खासै उपलब्धी हुन नसकेको भन्दै पिडित पक्षले विभिन्न अधिकारकर्मी र संघसंगठनलाई गुहारेपछि सवै तर्फबाट दवाव परेपछि खोजीमा तिव्रता ल्याउदै पहिलो पटकको उत्खननमा शवको अवशेष र अन्यत्र दोस्रो पटक उत्खनन गरि शव नै बरामद गरेको थियो । प्रहरीले पहिलो पटकको उत्खनन समेत सुजिताकै सोहि ठाउ स्थित खेतमा गरेको थियो भने दोस्रो पटकको उत्खनन समेत पहिलो उत्खनन भएको स्थलबाट करिव पाचसय मिटर पुर्व जनकपुर भ्रमरपुरा सडक खण्ड अन्तर्गतको सुजिताकै जग्गा भएको काठका गोलियाहरु राखेको जग्गामा रहेको सेफ्टी ट्यांकी मुनि ढलान भित्र शव गाडेको अवस्थामा फेला परेको थियो ।
महिला अधिकारकर्मी भन्छिन उच्च अदालतको आदेश सराहनिय
सुजिता हत्याकाण्डमा सुरुकै समय देखि पिडितको न्यायको लागि आवाज उठाउदै आएकि महिला अधिकारर्मी गुन्जा रायले उच्च अदालतको आदेश सराहनिय रहेको बताएकि छिन । उनले कुनै पनि बुवाले आफ्नो सन्तानले जतिसुकै गल्ति गरेपनि उसलाई सपार्न खोज्ने तर मार्न वा मार्न आदेश नदिन सक्ने बताईन । उनले प्रहरीले अदालतमा पेश गरेको कुनै पनि अडियो क्लिपमा उनले छोरीको हत्या गरिदेउ भन्ने शव्द उच्चारण नगरेपनि जिल्ला अदालतबाट उनलाई पुर्पक्षमा पठाइएको बताईन । उनले अगाडीको दिनमा पनि यस मुद्दामा अदालतले गर्ने फैसलाले निर्दोषलाई न्याय र दोषीलाई सजाय दिने छ र अदालतको गरिमा अझै वढ्नेमा आफु विश्वस्त रहेको बताईन ।
उनले प्रहरीले गरेको पत्रकार सम्मेलन पछि छोरीको बुवाले गराए हत्या लगायतका शिर्षकहरुमा टिप्पनी गर्दै संचारकर्मीहरुलाई कामेश्वर पाण्डेय र मृतकका देवर रुपेश ठाकुर विचको सवै अडियो क्लिप ध्यान पुर्वक सुन्न र सो सुनेरमात्र यस्ता शिर्षक सुहाउने वा नसुहाउने निर्णय गरि समाचार लेख्न संचारकर्मीहरुलाई आग्रह गरिन ।


