अघिल्लो स्थानिय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भैइसकेपछी बर्दिवास-७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर कयौ रात जागा नै बसे । उन्का मनमष्तिकमा जन्तालाइ सुख र समृद्धिको यात्रामा ताते गराउन बुनेका सपनाहरुले भतभती पोल्थे ।
देश संघियतामा गैइसकेपछी जन्तामा समुन्द्रको छालजसरी उर्लेका अपेक्षाहरुको धरोहरकोरुपमा जनप्रतिनिधि नै सवथोक हो । तर कार्यापालिकाको बैठकमा योजना बनाउदा जनप्रतिनिधिहरुका कै स्वार्थले जेलिएका अन्नगीन्ती अफ्ठ्याराहरुको कारण घुडा टेक्न वाध्य बनाएको अध्यक्ष मगरको अनुभव छ ।



पहिलो बर्षदेखी नै बजेट बाडफाडमा आवस्यक्तालाइ टाढा राखेर नजिकको आधारमा विभाजन भएका बजेट दिर्घकालिन बिकाश र जन्ताको सपनाको इट्टा भन्दा अवसानको दिशामा उन्मुख हुदै गएपछी मगरका असन्तुष्टीहरु सामाजिक संजालमा स्खलित हुन थाले ।
मगर भन्छन :` सामाजिक संजालमा ध्यानाकर्षण गराउदा पनि मैले अनेक नमिठा आरोह-अवोरह झेलेको छु ।´
उन्ले भने `नगरकार्यापालिकाको बैठकमा उठाएका विषयबस्तुहरुले मलाइ आत्मसमर्पणवादी बनाएको छ, जन्ताको सहानुभुती बटुल्ने धोकेवाद बनाएको छ तर मेरा बिषयवस्तु कहिल्यै स्वार्थकेन्द्रीत रहेनन ।´
सामाजिक संजालमा स्खलित भएका मगरका कटुताहरु कार्याकालको उत्तारार्धमा समेत निरन्तरता पाइरहेका छन । आफ्नो फेसबुक राखिएका स्टाटसहरु स्थानिय सरकार केन्द्रीत भैइरहदा बिश्लेशन गर्नेहरु मगरलाइ पागल पनि भन्छन तर आफै जनप्रतिनिधि हुदापनी स्थानिय सरकारप्रती भएका कटाक्ष र बिरोधले आम सर्वसाधारणलाइ समेत संयमित हुन सहयोग पुगीरहेको मगरको ठम्याइ छ ।
स्पष्ट र फ्याट्ट बोलिहाल्ने बानीले मगर कहिलेकाही आफ्नै पाटीवाट घेराबन्दीमा परे । पाटीको आचारसंहिता विपरित बोल्ने र विरोध गर्ने उन्को पबृतीले पाटीभित्रैवाट अविस्वास र संकाको घेरामा राखियो उन्लाइ ।
अहिलेपनी वर्दिबासमा बहुमतको हिसावले माओवादी केन्द्रको बर्चस्व छ कुनैपनी निर्णय पारित गराउन माओबादी केन्द्रवाट निर्वाचित भएका जनप्रतिनिधि नै काफी छन । तर एकल योजना बनाएर बजेटको माग गर्ने वा निर्णयको प्रस्ताव गर्ने जनप्रतिनिधिहरुको लेखाजोखा नगरको कार्यापालिकामा कम नै हुनेगर्दछ । यसैको परिणामस्वरूप निर्णयप्रती फरक मत राख्ने मगरहरुको बिसाउने चौतारी फेसबुक नै सवथोक बन्यो ।
आफुलाइ समाप्त बनाउन पाटीभित्रैका ब्यक्तीहरु लागीपरेपछी पाटी छाडेर एमाले बनेको मगरको भनाइ छ । मगरको परिवारले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएको छ । उन्का वुवाले प्रजातन्त्र प्राप्तीको लागी किसान आन्दोलन देखि विभिन्न बर्गीय आन्दोलनको नेतृत्व गरेका थिए ।
कम्युनिष्ट आन्दोलनमा यति लामो बिरासत बोकेको सोही परिवारको सदस्य फाल्गुनले एमालेमा कती सहयोग भएको छ भन्ने उनैलाइ थाहा होला तर अझैपनी माओबादी केन्द्रप्रती फाल्गुनको गहिरो लगाव र सहानुभुती भने कायम नै छ ।
उन्ले सामाजिक संजालमा बिचार, बिरोध, तर्क स्खलित गराइरहदा कतै अन्धकारमा हराइरहेको, केही गुमाए जस्तो महसुस हुने बिश्लेशकहरु बताउछन । त्यसैले पनि अझै आफुले छाडेको पाटी माओबादी केन्द्रप्रती मगरको गहिरो लागाव रहेको प्रष्ट हुन्छ ।
सामाजिक संजालमा देखिने उन्का स्टाटसहरुमा रित्तिएका र कामलाइ लयमा हाक्न नसकेका पिडाहरु पोखिएका हुन्छन । उन्लाइ चिन्ता लागुऔषधको दलदलमा फस्दै गएका युवा जमातको छ, निर्वाचनताका ब्यक्त भएका प्रतिबद्धताहरु पूरा गर्न नसकिएको र बिकाशका हरेक काममा सम्मान स्विकारोक्ती बन्न नसकेको नै देखिन्छ ।
उन्का स्टाटसहरुमा आफू सधैभरी पुर्ण प्रतिपक्षको भुमिकामा रहेको दावि गरिएको हुन्छ ।
त्यसो भए मगर प्रतिपक्षमा भएको आफैले आफैलाइ स्वघोषणा गरि जन्ताप्रतिको उत्तरदायीत्ववाट भागेर गैरजिम्मेवारको अडको त खोजिरहेका हैनन भन्ने अर्को प्रश्न पनि उठनसक्छ । तर संविधानले वडा अध्यक्षलाई दिएको जिम्मेवारीवाट आफू कहिल्यै पछाडी नहटेको अध्यक्ष मगरको भनाइ छ ।
मगरलाइ नजिकवाट चिनेकाहरु कतिपयले वाइयात सहानुभूति बटुल्न बाहिर बसे जसरी प्रोपोगन्डामा रमाइरहेको आरोप पनि लगाउछन ।
उन्का स्टाटसहरुमा कतै छटपट्टी झल्कन्छ भने कतै गल्ती पो गरिरहेको छु कि भन्ने आत्मआलोचना गरिरहेको देखिन्छ । यसो हुदा एकता प्रक्रियावाट नेकपा एमालेमा रहदा अध्यक्ष मगरलाइ असहज र अफ्ठ्यारो महसुस गरिरहेका छन भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
अघिल्लो निर्वाचनमा माओबादी केन्द्रले उन्लाइ अध्यक्षको टिकट दिदा पारिवारिक विरासतलाइ हेरेर मात्र पक्कै दिएको हैन, उन्को जोस, जागर, पाटीभित्रको प्रतिबद्धता तथा काम गर्ने क्षमता कै आधारमा मुल्यांकन गरेको हो भन्ने माओबादी केन्द्रका नेताहरु बताउछन ।
अब चुनावको मिति निर्धारण भएको छ । नेकपा एमाले फुटेर दुई टुक्रा बनेपछी यस्को असर स्थानियस्तरमा पनि देखिएको छ । नेकपा एमालेको बिभाजनले आगामी निर्वाचनमा केही मात्रामा भएपनी असर पार्ने निश्यत नै हो तर माओबादी केन्द्रवाट एमालेमा प्रवेश गरेका मगरलाइ पाटीले कसरी चित्त बुझाउला त्यो हेर्न बाकी नै छ ।




