२ महिनाभित्र वर्दिबास नगरपालिकाबासीहरु पानीको समस्यावाट मुक्त बन्ने नगरप्रमुख बिदुर कार्कीले बताएका छन ।
पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा कामहरु कार्यान्वयनको चरणमा रहेको बताउदै कार्कीले त्यस्को तत्काल सावधान हुने बताए ।
आज बर्दिबास-१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको सिलन्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने गाउँ, चिसापानी, बम्जनटार, पिपल खोला, पुर्वी खोला, भाङग्रे, झ्याउरे, पिपलदमा, पुर्वीखोला जस्ता ठाउँका झण्डै २ सय घरधुरीमा एक घर, एक धारो हस्तान्तरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । यो परियोजनामा रोटरी कलवको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत रहनेछ ।
झण्डै ७५ लाख लागत अनुमान गरिएको उक्त परियोजनावाट यस ठाउका लगभग १२ सय जनसंख्या लाभान्वित हुने प्रावधिक पक्षको सर्वेक्षण छ । रोटरी कलव अफ बर्दिबास र धुलीखेलको सहयोगमा ६० लाख रोटरी कलवको तर्फवाट बेहोरिने रोटरी कलव अफ बर्दिबासका सभापति बिष्णु खडकाले जानकारी दिए ।
` नगरप्रमुख बिदुर कार्कीसग आउदा पानीको अत्यन्त समस्या देखेपछी पानीको तत्काल सावधानको लागी हामी पहलकदमीमा लाग्यौ ।´ सभापती खडकाले भने ।