महोत्तरी -महोत्तरी सदरमुकाम जलेश्वरमा एमसीसी विरुद्ध नेकपा समाजवादीले आज विरोध जुलुस प्रदर्शन गरेको छ।
जलेश्वरको खैरा चौक स्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस महेन्द्र चौक पुगेर कोण सभा परिणत भएको थियो ।कोण सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजय कुमार चौधरीले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए।जलेश्वरमा भएको विरोध प्रदर्शमा अखिल नेपाल महिला संघ (समाजवादी)का जिल्ला अध्यक्ष रिता भटराईले एमसीसी परियोजनाबारे सहमति नगरिकन संसदनमा लैजानै नहुने अडान लिए। उनले एमसीसी संसदमा कीरा भएको र कीरा नष्ट गर्नैपर्ने बताए।त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( अनेरास्ववियू)का जिल्ला कमिटी अध्यक्ष शुभम् शाह ले हाल को आवश्यतामा एमसीसी राष्ट्रघाती सम्झौता भएको बताउँदै, एनसीसी भन्दा माथि नेपालको संविधान माथि भएको बताए ।