महोत्तरी – समाजसेवी महताेद्वारा गाैशालाका विधालयका १५० जना विधार्थीहरुलाई कपडा, कापी तथा कलम वितरण गरेको छ ।
साेमबार एक कार्यक्रम गरि महाेत्तरीकाे गाैशाला नगरपालिका वडा नम्बर १२ स्थित मुनि-मिश्रि आधारभुत (०-८) विधालयका बालबालिकाहरुलाई समाजसेवी महताेद्वारा कपडा, कापी तथा कलम वितरण गरिएको हाे ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी लक्ष्मी महताे तथा जसपा पार्टीकी महिला संघका प्रदेश सदस्य रामकुमारी महतोद्वारा विधालयका ३ जना बालबालिकाहरुकाे संरक्षक तथा अभिभावकत्व ग्रहण गर्दै १५० जना गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई कपडा, कापी तथा कलम वितरण गरेको थिए ।








