नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा घनकेको धुन थियो “पुस्तान्तरण र रुपान्तरण”। नेपाली कांग्रेस का महाधिवेशन प्रतिनिधिहरूले गरेकाे मतदानको नतिजा सबैको सामु छर्लङ्ग छँदैछ।
शेरवहादुर देउवाकाे पुनःसभापतिमा भएको जितलाई मात्र अलग राखेर हेर्दा ‘ हार्डकोर’ पुस्तान्तन्तरण नदेखिए पनि व्यापक रुपान्तरण ल्याएर देखाइदियो, काँग्रेसीजनहरू ले। रुपान्तरणको धुनलाई अधिकतम कांग्रेसीले समयको मागको रूपमा मत द्वारा सम्बोधित गरे।
पार्टीभित्र “पुस्तान्तरण र रुपान्तरण” को आवाज मुखरित गर्ने सूचीमा डाक्टर शेखर कोइराला, गगन थापा, धनराजगुरुङ्, विश्वराकाश शर्मा, डाक्टर मिनेन्द्र रिजालहरु हुनुहुन्थ्यो।



चुनावी तालमेलको दृष्टिकोणले कोही यता कोही उता हुनसक्छ होला। तर १४औं अधिबेशनमा ४० प्रतिशत मत प्राप्तकर्ता डा. शेखर कोइराला समुह वैचारिक हिसाबले मात्र होईन, व्यावहारिक दृष्टिकोणले काँग्रेस भित्र प्रगतिशील समुहको रूपमा चिनिन थाल्नु भएको छ। उक्त समूहभित्रको ऊर्जालाई जिल्लासम्म कसरी प्रवाहित हुँदैछ?
महोत्तरीको मैदानमा अहिले तीनजना प्रतिष्पर्धी देखिनु भएको छ। तीनैजनाको नेपाली काँग्रेसभित्र आफ्नै ढंगको सक्रियता रहेको बारे पार्टी कार्यकर्ता अवगतै नै हुनुहुन्छ होला। तिनै जना नेपाली काँग्रेसका कार्यकर्ता हुनुहन्छ। र पार्टी भित्र तिनै जनाको पृथक छवि छ। एउटै पार्टीभित्र पृथक बिचार राख्नेहरुको समुह निर्माण हुँदैजान्छ, “लाइक माइन्डेड ग्रुप” ।
यसर्थमा महोत्तरीको मैदानमा उत्रिनु भएका तीनैजना आदरणीय नेताज्यूहरुले थाल्नु भएको चुनावी यात्रामा संस्थापन इतर समुहको साथ कसलाई छ? काठमाडौं मा मात्रै काङ्ग्रेस प्रगतिशिल भएर हुँदैन। मोफसलमा प्रगतिशीलता को खाँचो छ।
महोत्तरीको सदरमुकाम बाहिर केवल शेरबहादुरको चर्चा छ। संस्थापन कै आशीर्वादको महत्व खोजिदैछ सदरमुकाम बाहिर। १४औं महाधिवेशनमा काठमाडौंमा महोत्तरीका तीन मध्ये दुई जना प्रत्याशिको रोजाइ सवैले देखेका छन्, बुझेका छन्।
जिल्ला अधिबेशनमा क्षेत्र नं ३ लाई प्रतिनिधित्व गर्ने प्रत्याशी र संस्थापन समुह बीच कुनै मिलन भएको देखिँदैन। चर्चा पनि छैन। यस्तो अवस्थामा डा. शेखर कोइराला समुहले महोत्तरीको आउने दिन् कस्ता को हाथमा जाँदा #जिल्लामा काङ्ग्रेस ले #कील्ला गार्न सक्छ त्यसको समुचित मूल्याङ्कन गर्दा बेश होला! नत्र काँग्रेस को रुपान्तरणको धुन बेसुरा लाग्नेछ। अपेक्षित प्रदर्शन गर्न सक्दैन कांग्रेस। ढुक्क भए हुन्छ ।




