जनकपुर- जनकपुररियन लेडिज ग्रुपको आयोजना तथा काव्या हस्पिटलको सहयोगमा महिलाहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महिलाहरुको ‘सर्भाईकल क्यान्सर चेकजाँच’ शिविर जनकपुरधाम उपमहानगरपालिका ७ स्थित मुहरवस्तीमा सम्पन्न भएको हो।
शिविरमा २८ जना महिलाको सर्भाईकल चेकजाँच गरिएको छ । चिकित्सकका अनुसार चेकजाँच गराएका मध्ये सबभन्दा बढी महिलामा महिनावारीको तथा सेतो पानी आउने समस्या देखिएको छ ।
चेकजाँच गराएका महिलाहरुलाई निःशुल्क औषधि, सेनेटरी प्याड र पैन्टी वितरण गरिएको आयोजकले जनाएको छ ।
सो शिविरमा डा. रश्मी झाले महिलाहरूको चेकजाँच तथा उपचार गरेको ग्रुपकी सदस्य तथा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य रिंकु मिश्र गायत्रीेले जानकारी दिइन् ।