
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा महिला अधिकारवादी संघ संस्थाले ११२ औं अन्तराष्ट्रि श्रमिक महिला दिवसको अवसरमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय मुल नारा लगाउँदै महिलाहरुले ढल्केवरमा ¥यालीको आयोजना गरेको थियो । ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयबाट निकालिएको ¥याली ढल्केवर चौकको परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बहुसांस्कृति मनोसमाजिक संस्थाकी मनोविमर्शकर्ता बिना कडारीले महिलाको सामाजिक आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा लक्षित कार्यक्रमहरुलाई सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कल्पना कडारी, ललिता महतोलगायत उपस्थित अधिकारवादी महिलाहरुले महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती कायमै रहेको भन्दै अन्धविश्वास र रुढीवादी संस्कारले महिलाको जीवन अझै असहज रहेको उल्लेख गरे ।
मिथिला नगरपालिकाको आयोजना तथा रातो लाली गुराँस महिला बहुउद्देश्य सहकारी संस्था र बरपिपल बहुउद्देश्य महिला सहकारी संस्था ढल्केवरको समन्वयमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।